नेता नेतृत्व र बहिरो सरकार

म मध्यपश्चिमको नागरिक सवैभन्दा बढी र पहिलो मेरो दायित्व भनेको यो स्थान हो मध्यपश्चिम हो त्यसपछि भेरी हो त्यसपछि मेरो जिल्ला हो । बल्ल मेरो पेशा, व्यवसाय, रहनसहन लगायतका           कुराहरुको हिसावकिताव हुन्छ ।
अहिले बहिरो सरकारले भर्खर द्धन्द्धको पिडाबाट सामान्य भएपनि बिर्साउने अवस्थामा पुगेका भेरी अञ्चलका दुर्गम जिल्ला जो दैलेख जस्तो ऐतिहाँसिकता धार्मिकता रहेको जिल्ला छ त्यस ठाउँका नागरिकहरुलाई निकै ठूलो अन्याय गरेको   छ । सिधा अर्थमा भन्ने हो भने दैलेखका नागरिकहरु यतीवेला घरको न घाटको भएका छन् ।
डोटी जाने हो बाटो छैन्, कर्णाली जाने हो उल्टो पर्छ, दागं जाने हो मन छैन् । यस्तो धर्म संकटमा         जाजरकोट सुर्खेत र दैलेखका जनताहरु परेका छन् । यहाँ कसैलाई अखण्डको पनि आशा होला, त्यो स्वभावीक हो । अखण्डको आशा गर्नेहरुले समयमै केन्द्रमा माग पुर्याईदिएको भए आज सातौ दिनसम्म टायर बालेर सदरमुकाममै कालो मोसो जस्तो बनाउनुपर्ने थिएन दैलेख लगायतका जनताहरुले ।
म यहाँ सम्पादकको पदमा छु तर मेरो पहिलो दायित्व नागरिक हो । मैरै बारेमा अन्याय हुन्छ भने मैले अर्कोको बारेमा न्याय गर्नुपर्छ भन्ने पनि देखिदैन् ।
हाम्रा नेताहरुको नेतृत्व गर्ने सक्षमतामा समस्या भयो, कसैलाई मुख्य मन्त्री कसैलाई यो वा त्यो पद दिएर अलि ठूला भनौदाहरुलाई आस्वासन दिईयो अनि बलिको बोको बनाईएको छ भेरी र कर्णालीका जनताहरुलाई हामि हजार दिनसम्म आन्दोलन गर्नपनि तयार हुनुपर्छ किनकी हाम्रो अस्तित्व मेटीन खोज्छ भने बरु आन्दोलनबाटै बिलिन भए भोलीका पुस्ताहरुले कमसेकम फोटो राखेर अविर त लगाउलान् । नेतृत्व लिन नसक्ने नेताहरु र अरुलाई दवाएरै शासन गर्ने बहिरो सरकारको कान खोल्ने जिल्ला पनि दैलेखनै बन्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार